एसईईको नतिजा सार्वजनिक: सबैभन्दा धेरै विद्यार्थीले ल्याए २.१ देखि २.४ जीपीए

११ श्रावण २०७९, बुधबार १७:५० प्रकाशित

काठमाडौं ११ श्रावण :
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।

परीक्षामा ४ लाख ९५ हजार ७५१ जना सहभागी रहेका थिए । जसमा ४ दशमलव ५७ प्रतिशत विद्यार्थी अनुपस्थित भएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार सबैभन्दा बढी जीपीए ३.६ देखि ४ सम्म ल्याउने ९ हजार ६३३ जना रहेका छन् ।

यस्तै ३.२ देखि ३.६ सम्म ४१ हजार ६ सय २७ जना, २.८ देखि ३.२ जीपीए ६९ हजार ९ सय जना रहेका छन् ।

यसैगरी, २.४ देखि २.८ सम्म ९० हजार ७५८ जना, २.० देखि २.४ १ लाख १२ हजार ७३३ जना रहेका छन् ।

१‍.६ देखि २.० सम्म ल्याउने १ लाख ५ ९४ जना रहेका छन्, भने १‍.२ देखि १‍.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५ सय ८६ रहेको छ ।

११ श्रावण २०७९, बुधबार १७:५०  मा प्रकाशित

Write your Comment