समाजवादीका प्रदेश कमिटी सदस्य तिमिल्सिना पुनः एमाले फर्किए

११ भाद्र २०७९, शनिबार २१:४४ प्रकाशित

नेकपा एकिकृत समाजवादीका मदेश प्रदेश कमिटी सदस्य पूर्णचन्द्र तिमिल्सिना पुनः एमाले फर्किएका छन् । काठमाण्डौमा आयोजित कार्यक्रमका बीच बारा जीतपुरसिमरा ४ का तिमिल्सिना एमाले फर्किएका हुन् ।

समाजवादी छाडेर एमाले फर्किएका तिमिल्सिना सहितका कार्यकर्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए । तिमिल्सिना एकिकृत समाजवादीको जिल्ला सचिवालय सदस्य हुन ।
तिमल्सिना सिमरा खानेपानीका निर्वाचित उपाध्यक्ष समेत हुन् ।
एमालेबाट चोइटिएर माधव नेपालको नेतृत्वमा एकिकृत समाजवादी गठन भएपछि तिमिल्सिना समाजवादीतर्फ लागेका थिए । स्थानीय तह निर्वाचनमा उनले समाजवादीबाट वडाध्यक्ष पदमा उम्मेदवारी समेत दिएका थिए । गल्ती थिएन एमालेमा फर्केपछि समाजवादीमा ठूलो धक्का लाएको स्थानीयले बताएका छन्

११ भाद्र २०७९, शनिबार २१:४४  मा प्रकाशित

Write your Comment