पथलैयामा ट्रमा सेन्टर सञ्चालन गर्न सरोकार समितिका संयोजक पौडेलको माग

१६ भाद्र २०७९, बिहीबार १४:१८ प्रकाशित

जितपुरसिमरा सार्बजनिक सरोकार समितिले पथलैयामा तत्काल ट्रमा सेन्टर सन्चालन गर्न मधेस प्रदेश सरकार सग माग गरेकोछ । सरोकार समितिका संयोजक मनोज पौडेलले बिज्ञप्ति प्रकाशित गर्दै मधेस प्रदेश सरकार सग यस्तो आग्रह गर्नु भएको हो ।
संयोजक पौडेलले बिगत तीन बर्ष देखि पथलैयामा ट्रमा सेन्टरका लागि बजेट बिनियोजन गर्दै आएको भएतापनी सन्चालन नगरेर बारा,पर्सा,रौतहट र राजमार्गमा यात्राका क्रममा दुर्घटनामा घाइते हुने यात्रुको उपचार पाउने आधिकारमा ठेस पुर्याएको बताउनु भएको छ । उहाँले यस आर्थिक बर्षमा ट्रमा सेन्टर ( अस्पताल ) सन्चालनका लागि बजेट नै बिनियोजन न गर्नु दुखको कुरा भएकोले तत्काल आवश्यक प्रक्रिया पूरा गरि ट्रमा सेन्टर सन्चालनमा ल्याउन सरोकार समितिको तर्फबाट जोडदार माग गर्द्छौ अन्यथा आन्दोलनमा उत्रन बाध्य हुनेछौ बिज्ञप्तिमा भनिएको छ ।
राजमार्गमा दुर्घटनाबाट हुने घाइतेको तत्काल उपचार गर्नका लागि पथलैयामा रहेको स्वास्थ्य तालिम केन्द्रमा ट्रमा सेन्टर स्थापना गर्ने भनेर पहिलो वर्ष केन्द्रीय सरकार र बिगत दुईवर्ष देखि मधेस प्रदेश सरकारले बजेट विनियोजन गर्नुका साथै प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले सो स्थलको निरीक्षण गर्दै तत्काल ट्रमा सेन्टर सन्चालनमा ल्याउने स्थानीय सग प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
यसवर्ष भने प्रदेश सरकारले ट्रमा सेन्टर सञ्चालन गर्नु त परै जाओस् बजेट समेत नराखे पछि सरोकार समितिका संयोजक पौडेलको यस्तो बिज्ञपति आएको हो ।

१६ भाद्र २०७९, बिहीबार १४:१८  मा प्रकाशित

Write your Comment