बारा २७ कार्तिक :
नेकपा एमाले बारा क्षेत्र नम्बर ४ को कलैया उपमहानगरपालिका वडा नम्बर १७ को सुराहिमा एमालेको घरदैलो तथा जनसभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पुर्ब मन्त्री पुरुषोत्तम पौडेलले देश लुटनका लागि गठबन्धन बनेको बताउनु भएको छ । उहाले देशमा भ्रष्टाचार बडेको छ,महङी बडेर जनताको ढाड सेकिएको छ,गठबन्धन सरकारलाई जनताको चिन्ता छैन,लुटन र बाडेर खान लागिपरेको छ । त्यसैले यस्तो गठबन्धनलाई जनताले धुलो चटाएर एमालेलाइ जिताउने छ्न प्रमुख अतिथी समेत रहेका पोलिटब्युरो सदस्य पौडेलको भनाइ थियो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य सरस्वती देबि चौधरी, एमालेको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार एकवाल मिया र ४(क) का उम्मेदवार देवनारायण चौधरीले घरदैलोमा प्रदेश सभा समानुपातिक उम्मेदवार मन्जु थापा,कमलेस झा,मधेश प्रदेशका निवर्तमान सांसद सुन्दर बि.क, एमाले मधेश प्रदेश कमिटि सदस्य एवम् बारा ४ का संयोजक मनोज पौडेल,प्रदेश कमिटी सदस्य दिनेस ठाकुर लगाएत ठूलो संख्यामा उपस्थिति रहेको थियो।
सो अबसरमा लोसपा पार्टी परित्याग गरि लोसपा नगर कमिटी अध्यक्ष प्रभु पटेल र नगर सचिव सुरेन्द्र पटेल लगायत विभिन्न पार्टी परित्याग गरि सयौं नेता कार्यकर्ता एमालेमा प्रबेस गर्नु भयको छ सम्पुर्ण नव प्रबेशीहरु लाई पार्टिमा स्वागत गरिएको थियो ।