नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालय सन्चालन

२६ मंसिर २०७९, सोमबार १२:५२ प्रकाशित

 

मंसिर २५, बीरगंज – नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालय बीरगजको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । बीरगंज स्थित मधेश प्रदेश कार्यालयको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलबालले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सिलबालले देश संघियतामा गएसंगै नेपाल बीमा प्राधिकरणले पनि आफ्नो कार्यालय प्रादेशिक हिसाबले सन्चालन गर्ने उद्देश्य अनुरूप मधेश प्रदेश कार्यालयको सन्चालन गरिएको बताउनुभयो ।

उहाले बीमा क्षेत्रलाई प्रत्येक नेपालीको घरघरमा पुर्याउने उद्देश्यले बीमा कम्पनीहरूको सन्जाल बढाउने र बीमा क्षेत्रलाई नियमन गर्न प्राधिकरणको भूमिका महत्वपूर्ण हुने भएकोले प्रादेशिक हिसाबले कार्यालयहरू स्थापना गर्दै जाने बताउनुभयो ।

यसैबिच नेपाल बीमा प्राधिकरण ले कार्यालय उद्घाटन पश्चात टाउनहलमा अन्तर्क्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा बीरगज महानगरपालीकाका मेयर राजेशमान शाक्यले बीमा कम्पनी तथा प्राधिकरण गाउकेन्द्रित हुन पर्ने बताउनुभयो ।

समितिका अध्यक्ष सूर्य प्रसाद सिलबालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्राधिकरणकी निर्देशक पुजन ढुङ्गेलले गर्नुभएको थियो ।

असार १ गते बाट संचालन भई काम सुरूगरीसकेको मधेश प्रदेश कार्यलयको आज बिधिबत उद्घाटन भएको र यस कार्यलयबाट मधेश प्रदेशको आठ जिल्ला हेर्ने कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेले जानकारी दिनुभयो ।

२६ मंसिर २०७९, सोमबार १२:५२  मा प्रकाशित

Write your Comment