मध्यतराइमा ह्वात्तै बढ्यो चिसो, जनजीवन प्रभावित

१ पुष २०७९, शुक्रबार १०:३९ प्रकाशित

मध्य तराइका बारा,पर्सा,रौतहट,धनुषा, सिरहा, महोत्तरीलगायतका जिल्लाहरुमा ह्वात्तै चिसो बढेको छ । चिसोले तराइ मधेसको जनजीवन प्रभावित बनेको हो ।
विहानैदेखि बाक्लो हुस्सु (कुहिरो) लागेको छ । विहान साडे १० बज्दा भने हुस्सु केही होला जस्तो देखिएकोछ । हुस्सुका कारण पूर्वपश्चिम राजमार्ग र अन्य व्यस्त सडकहरुमा सवारी साधन दुर्घटनाको जोखिम बढेको छ ।

हुस्सुबाट जोगिन सवारी साधनहरु लाइट बाल्नुपर्ने अवस्था सृजना भएको छ । विशेषगरी चिसोबाट विपन्न बर्गका बृद्ध र बालबालिका बढी समस्यामा परेका छन् । चिसोकै कारण अस्पतालमा समेत विरामीको संख्या बढ्न थालेको छ ।

चिसोबाट जोगिन गाउँघरमा मानिसहरु घुरा (आगो) बालेर बसेको देखिन्छन् । चिसोले गाई-गोरुलाई समेत सताएको छ ।

१ पुष २०७९, शुक्रबार १०:३९  मा प्रकाशित

Write your Comment