नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल र प्रभावकारी बनाउनुपर्ने बताउनुभएकोछ । शनिबार पार्टी संसदीय विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकारलाई असफल पार्ने प्रयासमा कांग्रेस लागिरहेको भन्दै पुस २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिन सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन समेत दिनुभयो ।
पुस २६ गते सबै साथीहरु कुनै इफ बट हुँदैन । भनेको समयमा संसदमा एक मिनेट ढिला नगर्नुहोला’, ओलीको भनाइ छ । उहाले सरकारलाई विश्वासको मत दिएर सफल पार्नुपर्ने भन्दै वर्तमान सरकार नेपालीले बनाएको बताउनुभयो । ‘सरकारलाई विश्वासको मत दिने काम गर्नुपर्छ । यो नेपालीहरुले बनाएको सरकार हो । यसलाई सफल सरकार बनाउन चाहान्छौ हामी । यसले सहि नीति लिओस्, भ्रष्टाचार नसहोस्, सक्रियतापूर्वक अघि बढोस् । हामी यो चाहान्छौ । त्यसैले यसलाई बहुमत दिएर पुष्टि गर्नुपर्छ’, ओलीको भनाइ छ । उहाले यो सरकारलाई पुस २६ अघि नै ढाल्न कांग्रेस लागि परेको पनि बताउनुभयो ।
‘यो सरकार असफल पार्ने प्रयास बेस्सरी भएका छन् । कांग्रेस सभापति माननीय शेरबहादुर देउवाले वीइ वील कम ब्याक भनिरहरनुभएको छ’, ओलीले थप भन्नुभयो ‘संकेत उहाँले २६ गते नै ढाल्छौ अनि आउँछौ भनेको हो ।’ ओलीले कांग्रेसले खुद्रा खेल खेलिरहेको भन्दै एउटा पार्टीको अध्यक्षलाई बोलाएर प्रधानमन्त्री बाँड्ने काम गरिरहेको बताउनुभयो। उहाले कांग्रेसले यो सरकारले विश्वासको मत पाएन भने संविधानको धारा ७६ को ३ अनुसार ठुलो दलको नेताले प्रधानमन्त्री पाउने भएपनि उनीहरुको धन्दा यो सरकार ढाल्न नै केन्द्रीत हुने बताउनुभयो । उहाले यो सरकारले विश्वासको मत नपाए धारा ५ अनुसार सरकार बन्ने तर यो सरकार ढले ७६ को ३ अनुसार सरकार बन्ने बताउनुभयो । एमाले त्यसतर्फ नलाग्ने भन्दै यहि सरकारलाई सफल र प्रभावकारी बनाउन लाग्ने ओलीको भनाइ छ ।