प्रचण्ड ,माधव नेपाल र उपेन्द्र यादवसँगको छलफल सकारात्मक

२४ पुष २०७९, आईतवार १२:५२ प्रकाशित

काठमाडौं २४ पौष :
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)सँग विश्वासको मतका लागि भएको छलफल सकारात्मक भएको बताइएको छ ।

आज बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँगको छलफलपछि प्रचण्डले उक्त कुरा बताउनु भको हो ।
छलफलमा प्रचण्डले आफूलाई संसदमा विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । सो आग्रहमा दुवै नेताले सकारात्मक प्रतिक्रिया दिएको प्रचण्डको भनाइ छ । प्रचण्डले संक्षिप्त प्रतिक्रिया दिंदै भन्नुभयो, ‘उहाँहरु सकारात्मक हुनुहुन्छ ।’
प्रचण्डले २६ गते संसदमा विश्वासको मत लिंने तय भएको छ ।

२४ पुष २०७९, आईतवार १२:५२  मा प्रकाशित

Write your Comment