युक्रेनका गृहमन्त्री सहित १६ को हेलिकप्टर दुर्घटनामा मृत्यु

४ माघ २०७९, बुधबार १५:०९ प्रकाशित

युक्रेनका आन्तरिक मामिला मन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । उनिसहित सहित १६ जनाको मृत्यु भएको जनाइएको छ ।

राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो ।
मृत्यु हुनेमा २ जना बालबालिका छन् । १० जना बालबालिकासहित २२ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।
दुर्घटनामा परेको हेलिकप्टर युक्रेनी आपत्तकालीन सेवाको रहेको प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

हेलिकप्टर खसेपछि विद्यालयका बालबालिका र शिक्षकलाई सुरक्षितस्थानमा सारिएको बिबिसिले जनाएको छ ।

४ माघ २०७९, बुधबार १५:०९  मा प्रकाशित

Write your Comment