एमालेले बोलायो केन्द्रीय समितिको बैठक

२२ माघ २०७९, आईतवार १७:२४ प्रकाशित

नेकपा एमालेले आगामी माघ २९ र फागुन १ गते दुई दिन बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको छ ।
मंसिरमा सम्पन्न निर्वाचनको समीक्षा र पार्टी संगठन सुदृढबारे छलफल गर्न बैठक बोलाएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनु भयो ।
पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजालले चुनावी समीक्षा, राष्ट्रिय राजनीतिमा आएको फेरबदल र संगठन सुदृढीकरण बैठकका मुख्य एजेण्डा रहने बताउनुभयो ।

२२ माघ २०७९, आईतवार १७:२४  मा प्रकाशित

Write your Comment