एमालेको मिसन ग्रासरुटः को कहाँ ? मधेस प्रदेसका पोलिटब्युरो पनि स्थानीय तहमा

२ फाल्गुन २०७९, मंगलवार १६:३२ प्रकाशित

नेकपा (एमाले) को ‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान यही फागुन ५ गतेबाट शुरू हुँदै छ ।
अध्यक्ष केपी शर्मा ओलीले अभियान शुरूको दिन फागुन ५ गते १२ः१५ बजे सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल माध्यमबाट एकसाथ सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ ।
यस अभियानलाई प्रभावकारी बनाउन मिसन ग्रासरुट अनुगमन र संयोजनमा रहेका नेताहरुको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सम्पन्न अनौपचारिक बैठकले अभियानमा खटिनुहुने नेताहरूको नाम टुङ्गो लगाएको छ । बैठकले अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा पनि छलफल गरी टुङ्गो लगाएको छ ।
मूलतः केन्द्रीय कमिटी सदस्यहरूलाई पालिका तहमा दुईमहिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न लागिएको छ । अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरू खटिनुहुने भएको छ । सो अनुसार,
प्रदेश–१ मा
अष्टलक्ष्मी शाक्य, टोपबहादुर रायमाझी, शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की
मधेश प्रदेश
ईश्वर पोखरेल, रघुवीर महासेठ, गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल
बाग्मती प्रदेश
सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ
गण्डकी प्रदेश
युवराज ज्ञवाली, पदमा कुमारी अर्याल, किरण गुरूङ, खगराज अधिकारी र थममाया थापा
लुम्बिनी प्रदेश
रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, भानुभक्त ढकाल र राजन भट्टराई
कर्णाली प्रदेश
सुवासचन्द्र नेम्वाङ, योगेशकुमार भट्टराई, यामलाल कँडेल, गोरखबहादुर बोगटी र शिवमाया तुम्वाहाम्फे

सुदूरपश्चिम प्रदेश
विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा
विशेष कमिटी (केन्द्रीय कार्यालय)
शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल र डा. भीष्म अधिकारी हुनुहुन्छ ।

त्यसैगरी मधेस प्रदेशका पोलिटब्युरो सदस्यहरुलाई पनि स्थानीय तहसम्म पठाइएको छ । पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेललाई गौर नगरपालिका सहित रौतहट जिल्लाका ५ स्थानीय तहमा,लिला श्रेष्ठलाई धनुषाको जनकपुरधाम नगरपालिका सहित ४ वटामा,अच्युत मैनालीलाई पर्साको बिरगंजमहानगरपालिका सहित ६ वटामा,ज्वाला साहलाइ सर्लाहीको बागमती नगरपालिका सहित ४ वटामा,सुमन प्याकुरेललाई सिराहाको औरही सहित ४ वटामा र जुलि महतोलाइ महोत्तरीको बर्दिबास नगरपालिका सहित ३ वटा स्थानीय तहमा खटाइएको छ भने जितपुरसिमरा उपमहानगरपालिका सहित ४ वटामा अरबिन्द सिंहलाई तोकिएको छ ।

नामावलीका लागी तल क्लिक गर्नुहोस ।

https://system.cpnuml.org/parse-image/1862?hash=$2y$10$KgEtaVfS7vVtcVXdjR8stO07n8EBLCD5SvZbnrpow8QgSEUo0zlOe

कार्यक्रमको बारेमा जानकारी लिन तल क्लिक गर्नुहोस ।

https://system.cpnuml.org/parse-image/1861?hash=$2y$10$NwbcpkNQ5FTCJzfFeu16CeAP0tda0kPEdwGl/IyAVjPIXs7vtqd8y

२ फाल्गुन २०७९, मंगलवार १६:३२  मा प्रकाशित

Write your Comment