” मिसन ग्रास रुट ” अभियान रौतहटमा पहिलो चरणको काम सम्पन्न, दोस्रो चरणमा प्रवेश

२ चैत्र २०७९, बिहीबार २२:१० प्रकाशित

नेकपा एमालेको रौतहट जिल्लाको चपुरमा वसेको केन्द्रीय प्रतिनिधि, प्रदेश कमिटी सदस्य, र जिल्ला पदाधिकारी वैठकले रौतहटमा ” मिसन ग्रास रुट ” अभियानको पहिलो चरणमा सवै पालिकामा कमिटी गठन गर्ने काम सकिएको निष्कर्ष निकालेको छ । पोलिटब्युरो सदस्य तथा मधेस प्रदेश सह इन्चार्ज पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा आज बसेको बैठकमा यस्तो निश्कर्ष निकालेको हो ।
बैठकले अभियान दोश्रो चरणमा प्रवेश गरेको जनाएकोछ ।
दोश्रो चरणमा : हरेक पालिकामा प्रदेश कमिटी सदस्यको नेतृत्वमा पालिका अभियान टोली गठन गर्ने , टोलीमा उक्त पालिकामा रहेका जिल्ला कमिटी सदस्यहरु, जनसंगठनका केन्द्रीय सदस्य ,
जनसंगठनका जिल्ला कमिटी पदाधिकारीहरु र पालिका कमिटीका पदाधिकारी रहनेछन ।
टोलीले निम्न कामहरु गर्नेछन ।
१, टोलीले आफ्नो जिम्मामा रहेको पालिका कमिटीको वैठकवाट योजना वनाई पालिका स्तरमा सल्लाहकार परिषद र जेष्ट कम्युनिष्ट मन्च गठन गर्ने र वडामा सदस्यता नविकरण र कमिटी गठनको योजना वनाउने ।
२, सवै वडामा सदस्यता निस्चित गरी नविकरण गर्ने र नया सदस्यता वितरण गरेर रजिष्टर खडा गर्ने ।
३, सवै वडामा पार्टी वडा कमिटी गठन गर्ने ,
४, सवै वडामा सम्भव जन संगठनका वडा कमिटी गठन गर्ने ,
५, वडामा सम्मान गर्नु पर्ने जेष्ठ नागरिक तथा विशिष्ट योगदान गरेका व्यक्तिहरूको लिष्ट वनाई सम्मान गर्ने र नगरमा सिफारिस गर्ने ।
६, सम्भव भएका वडामा सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मन्च तथा टोल कमिटीहरु गठन गर्ने ।
७, प्रत्येक वडावाट नया युवा तथा विभिन्न सामाजीक
कार्यमा लागेका युवाहरुको लिष्ट वनाऊने र समय मिलाएर अन्तर्क्रिया गर्ने ।
८, सवै जनसंगठनको जिल्ला कमिटी गठन गरिने छ ।
सवै कामहरु चैत्र १७ गते भित्रमा सम्पन्न गरी रिपोर्ट गर्नु पर्ने छ ।।।

२ चैत्र २०७९, बिहीबार २२:१०  मा प्रकाशित

Write your Comment