उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

३ चैत्र २०७९, शुक्रबार १६:३७ प्रकाशित

उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ । संसद भवनमा मतगणना सुरु भएको हो । निर्वाचनमा ८२९ सांसदले मतदान गरेका छन् । संघतर्फका ३११ सांसद र प्रदेश सभातर्फका ५१८ सांसदले मतदान गरेका छन् ।
संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम हुन्छ। उपराष्ट्रपतिमा जसपामा रामसहाय यादव, जनमतकी ममता झा र एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् । अंकगणितय हिसाबले जसपाका यादव विजयी हुने देखिएको छ ।

उपराष्ट्रपतिको निर्वाचनमा राप्रपा र नेमकिपा मतदान प्रक्रियामा सहभागी भएन ।

३ चैत्र २०७९, शुक्रबार १६:३७  मा प्रकाशित

Write your Comment