एमालेको परवानिपुरमा मिसनग्रासरुट प्रशिक्षण कार्यक्रम सम्पन्न

४ चैत्र २०७९, शनिबार २०:०५ प्रकाशित

बारा ४ चैत्र :
नेकपा एमालेको मिसनग्रास रुट अभियान अन्तर्गत बाराको परवानिपुर गाउपालिकाले मिसनग्रास रुट प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा कार्यक्रममा केन्द्रीय सदस्य तथा ग्रासरुट अभियानका प्रतिनिधि अरविन्द सिंह,प्रदेस कमिटि सदस्यहरु मनोज पौडेल,मोबिन आलम,एमाले बाराका सचिब अध्यानन्द पाण्डेलगायतले कार्यक्रम सफलताको शुभकमना ब्यक्त गर्नु भएको थियो ।
पालिका कमिटि सम्योजक रामक्षेत्री पटेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण प्रभु यादब र स्वागत भोज मण्डलले गर्नु भएको थियो ।
प्रशिक्षण कार्यक्रममा  विभिन्न राजनीतिक दलहरुसंग हाम्रो पार्टीको राजनीतिक वैचारिक भिन्नता -राजमहम्मद राय
,समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा र समाजवाद निर्माण सम्बन्धी पार्टी अवधारणा – सीता सुवेदीले,दसौं महाधिवेशनको कार्यदिशा- क. राधेश्याम सिवाकोटीले, पार्टी निर्माण सम्बन्धी मार्क्सवादी दृष्टिकोण र पार्टी सदस्यहरुका अधिकार , कर्तव्य र कार्यशैली – किशोर शर्माले, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता विरुद्धको ,वैचारिक संघर्ष – केसी लामिछानेले समसामयिक राजनीतिक परिस्थिति र पार्टी दृष्टिकोण – आसमहम्मद अंसारीले प्रशिक्षण दिनु भएको थियो ।
४ चैत्र २०७९, शनिबार २०:०५  मा प्रकाशित

Write your Comment