एमालेको ग्रासरुट अभियान : जितपुरसिमरा वडा नम्बर ६ को बैठक सम्पन्न

७ चैत्र २०७९, मंगलवार १२:१७ प्रकाशित

नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को वडाकमिटी बैठक आज नगौलमा सम्पन्न भएको छ । बैठकले ग्रासरुट अभियानलाई टोल टोलमा पुर्याउने निर्णय गरेको छ ।

प्रदेश कमिटी सदस्य तथा प्रदेस सभा सदस्य देबनारायण चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा
वडा अध्यक्ष फजेल हक अन्सारिको सभापतित्वमा र आजित अन्सारी सहजिकरण र बुध कुमारिले स्वागत गर्नुभएको कार्यक्रममा प्रदेश कमिटी सदस्य मनोज पौडेल,आसमहमद अन्सारी,बिध्या थापा,प्रभुनाथ चौधरी,रबिन्द्र खकुरेल लगायतले बोल्नु भएको थियो ।
वडा बैठकले चैत्र १५ भित्र पार्टि सदस्यता नबिकरण गर्ने, टोल टोलमा भेला सन्चालन गरिने जनाइएको छ ।
त्यसैगरी वडा नम्बर ५ को पनि वडा बैठक कृष्ण चौधरिको अध्यक्षतामा सम्पन्न भएको छ ।

७ चैत्र २०७९, मंगलवार १२:१७  मा प्रकाशित

Write your Comment