एमालेका बिरुद्ध बन्ने मोर्चा परास्त हुन्छ- पुर्बमन्त्री पौडेल

११ चैत्र २०७९, शनिबार १८:०६ प्रकाशित

बारा ११ चैत्र :
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम पुर्बमन्त्री पुरुषोत्तम पौडेलले एमाले अझै बलियो बन्दै जाने दाबी गर्नु भएको छ । उहाले जनताको समर्थन एमाले पर्ती बडदै गएको समेत दाबी गर्नु भयो ।मिसनग्रासरुट अभियान अन्तर्गत जितपुरसिमरा उपमहानगर पालिका कमिटिले सिमरामा आयोजना गरेको बैचारिक राजनैतिक प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पुर्बमन्त्री पौडेलले मिसनग्रासरुट अभियानले जनताको भाबनालाइ जोडेको हुनाले एमालेका बिरुध्दमा जस्तो सुकै मोर्चा बनेपनी त्यस्तो मोर्चा परास्त हुने दाबी गर्नु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य एवम पुर्बमन्त्री ज्वालाकुमारी साहले एमालेलाइ बलियो बनाउन सबै लाग्नुपर्ने कुरामा जोड दिनु भयो ।
उपमहानगर कमिटिका अध्यक्ष भोला अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्दृय सदस्य अरबिन्द सिहले प्रदेश कमिटी सदस्यहरु मनोज पौडेल,राधेश्याम सिबाकोटी,किशोर शर्मालगायतले प्रशिक्षण दिनुभएको थियो ।कार्यक्रमको सहजिकरण रत्न उप्रेती र स्वागत त्रिलोक बिक्रम ठकुरिले गर्नु भएको थियो ।
११ चैत्र २०७९, शनिबार १८:०६  मा प्रकाशित

Write your Comment