जीतपुरसिमरा गोल्डकप : चर्च ब्वाइजले उपाधि जित्योे

१९ चैत्र २०७९, आईतवार ०७:२१ प्रकाशित

सिमरामा जारी जीतपुरसिमरा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ ।

१३औं संस्करणको उपाधिको लागि हिजो चर्च ब्वाइज युनाइटेड र दोस्रो संस्करणका विजेता हिमालयन शेर्पाबीचको खेलमा चर्च ब्वाइजले शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

फाइनल खेलमा चर्च ब्वाइजका मिलन राईले पहिलो गोल गरे भने दोस्रो गोल सोही क्लबका रञ्जीत पाण्डेले गरेका थिए । चर्च ब्वाइज जीतपुरसिमरा गोल्डकपमा पहिलो पटक सहभागी भएर उपाधि जित्न सफल भएको छ ।

उपाधि जीतेसँगै चर्च ब्वाइज युनाइटेडलाई उपराष्ट्रपति रामसहाय यादवले १० लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । यसैगरी, प्रतियोगिताका उपविजेता हिमालयन शेर्पालाई साढे पाँच लाख नगद, शिल्ड, मेडल, प्रमाणपत्र वितरण गरिएको थियो । जीतपुरसिमरा गोल्डकप फूटबल प्रतियोगिता चैत ८ गतेदेखि शुरू भएर समापन भएको हो ।

१९ चैत्र २०७९, आईतवार ०७:२१  मा प्रकाशित

Write your Comment