श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि ग्राउन्डेड

२५ बैशाख २०८०, सोमबार १८:२५ प्रकाशित

अगाडिको ल्यान्डिङ गेयरमा समस्या देखिए पछि श्री एयरलाइन्सको विमान ग्राउन्डेड गरिएको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार श्री एयरलाइन्सको ९एन–एएनई विमानमा गत शनिबार र आज सोमबार सोही समस्या दोहोरिएपछि विमान ग्राउन्डेड गरिएको हो ।

सोमबार बिहान भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको उक्त जहाजको ल्यान्डिङ गेयरमा समस्या आएपछि २० मिनेटपछि भैरहवामै फर्काएर ल्यान्ड गरिएको थियो । ल्यान्डिङ गियरमा देखिएको समस्याले रनवेमै जहाज अड्कि‌ंदा झण्डै ५० मिनेट विमानस्थल अवरुद्ध भएको थियो ।
विमानस्थलको रनवे खाली नभएपछि काठमाडौंबाट गएको यतीको हवाइजहाजलाई काठमाडौं नै फर्काउनु परेको थियो ।

२५ बैशाख २०८०, सोमबार १८:२५  मा प्रकाशित

Write your Comment