संवैधानिक परिषदको बैठक सुरु

२५ बैशाख २०८०, सोमबार १८:४६ प्रकाशित

काठमाण्डौ २५ वैशाख :
संवैधानिक परिषदको बैठक सुरु भएको छ ।प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न बसेको बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सहभागी छन् ।
यसअघि बसेको संवैधानिक परिषद बैठक विना निश्कर्ष टुंगिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा गत मंसिरमा अवकाश पाएपछि न्यायपालिका नेतृत्वविहीन छ ।

२५ बैशाख २०८०, सोमबार १८:४६  मा प्रकाशित

Write your Comment