समाचारको खण्डन गर्दै पोखरेलले भने म चडेको गाडि पार्टिले दिएको हो

२८ बैशाख २०८०, बिहीबार २२:०८ प्रकाशित

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले हाल आफुले चढिरहेको गाडीको विषयमा रातोपाटी” अनलाइनमा प्रकाशित समाचार कपोलकल्पित र झुटो भएको भन्दै घोर भर्त्सना गर्नु भएको छ। उहाले सो गाडि पार्टी कार्यालयले पार्टीको पदीय हैसियत बमोजिम जिम्मेवारी निभाउन प्रदान गरेको सामाजिक सन्जालमा स्टाटस लेख्दै जनाउनु भएको छ ।उहाले आफू सरकारका विभिन्न मन्त्रालयको जिम्मेवारीमा रहँदा प्रयोग गरेको सरकारी गाडी लगायत सम्पूर्ण सरकारी सुविधा तथा उपकरण मन्त्री पदबाट विदा भएकै दिन सम्वन्धित निकायमा बुझाएको कुरा त्यसैवेला जानकारी गराइसकेको जनाउनुभएको छ ।
पोखरेलले आफ्नो स्टाटसमा “म माथि विगतमा पनि पटकपटक झुटो आरोप लगाउँदै चरित्रहत्या गरी जनमानसमा भ्रम फैलाउने कार्य गरिँदा पनि म पटकपटक आफ्नो पदीय गरिमा ख्याल गरी चुप बसें । मेरो इमान, निष्ठा र स्वाभिमानसँग आत्तिएका कुनै पनि व्यक्ति र शक्तिलाई मैले नियम विपरित गरेको कुनै क्रियाकलाप भए पुष्टि गर्न चुनौती दिन चाहन्छु । ” लेख्नु भएको छ ।

कपोलकल्पित समाचारको खण्डन
——————————————
मैले हाल चढिरहेको गाडीको विषयमा “रातोपाटी” अनलाइनमा प्रकाशित कपोलकल्पित र झुटो समाचारको घोर भर्त्सना गर्दछु । हाल मैले चढिरहेको गाडी मलाई मेरो पार्टी कार्यालयले पार्टीको पदीय हैसियत बमोजिम जिम्मेवारी निभाउन प्रदान गरेको गाडी हो । पार्टी अध्यक्ष क. केपी शर्मा ओली नेतृत्वको सरकारमा म उपप्रधानमन्त्रीको हैसियतमा सरकारका विभिन्न मन्त्रालयको जिम्मेवारीमा रहँदा प्रयोग गरेको सरकारी गाडी लगायत सम्पूर्ण सरकारी सुविधा तथा उपकरण मैले मन्त्री पदबाट विदा भएकै दिन सम्वन्धित निकायमा बुझाएको कुरा त्यसैवेला जानकारी गराइसकेको छु । ममाथि विगतमा पनि पटकपटक झुटो आरोप लगाउँदै चरित्रहत्या गरी जनमानसमा भ्रम फैलाउने कार्य गरिँदा पनि म पटकपटक आफ्नो पदीय गरिमा ख्याल गरी चुप बसें । मेरो इमान, निष्ठा र स्वाभिमानसँग आत्तिएका कुनै पनि व्यक्ति र शक्तिलाई मैले नियम विपरित गरेको कुनै क्रियाकलाप भए पुष्टि गर्न चुनौती दिन चाहन्छु । निश्चित उद्देश्यका लागि परिचालित भई लगाइने यस्ता कपोकल्पित र आधारहीन लाञ्छनाबाट भ्रममा नपर्न सबैमा हार्दिक अनुरोध गर्दछु ।

ईश्वर पोखरेल
वरिष्ठ उपाध्यक्ष             
नेकपा (एमाले)                             

२८ बैशाख २०८०, बिहीबार २२:०८  मा प्रकाशित

Write your Comment