अनेरास्ववियुको स्थापना दिबसमा बारामा शैक्षिक सामाग्री बितरण

१ जेष्ठ २०८०, सोमबार १९:०२ प्रकाशित

नेकपा एमाले निकट अनेरास्ववियुको स्थापना दिवसको उपलक्ष्यमा अनेरास्वबियु बाराले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १४ को मौलपुरमारहेको श्री जनचेतना आधारभूत विद्यालयमाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । अनेरास्ववियुका अध्यक्ष सरोज खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १४ की अध्यक्ष चयन गुरुङ, एमालेका नेता मनोज पौडेल, अनेरास्ववियुका मधेस प्रदेश सह संयोजक त्रिलोक बिक्रम साह, केन्द्रीय सदस्य मनिष प्याकुरेल,लक्ष्मी तिमल्सिना बिध्यालयकी प्र अ भवानी कुमारी पाण्डेलगायतले शैक्षिक सामग्री वितरण गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण नगर अध्यक्ष ईश्वर बस्नेतले गर्नुभएको थियो ।

१ जेष्ठ २०८०, सोमबार १९:०२  मा प्रकाशित

Write your Comment