२०८० को दशकलाई ‘नेपाल भ्रमण दशक’ मनाउने सरकारको घोषणा

५ जेष्ठ २०८०, शुक्रबार १७:०९ प्रकाशित

सरकारले वि.सं. २०८० को दशकलाई ‘नेपाल भ्रमण दशक’ का रुपमा मनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने घोषणा गर्नु भयो ।

वि.सं. २०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाइने छ । सन् २०२५ को वर्षलाई विशेष पर्यटन वर्षका रुपमा मनाइनेछ,’ राष्ट्रपति पौडेलले भने ।
उनले पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरमा चर्चित र ख्यातिप्राप्त व्यक्तिलाई आमन्त्रण गरी पर्यटन प्रवर्द्धनमा जोड दिने बताउनु भयो ।

त्यस्तै, पर्यटन प्रवर्द्धनकै लागि विभिन्न विधाहरूमा सगरमाथा सम्मानको कार्यक्रम सञ्चालन गरिने बताउनु भयो ।

५ जेष्ठ २०८०, शुक्रबार १७:०९  मा प्रकाशित

Write your Comment