मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तार,कांग्रेस भित्रियो,माओबादी बाहीरीयो,जनमतको मन्त्रालय खोसेर एकीकृत समाजवादीलाई

९ जेष्ठ २०८०, मंगलवार १६:०४ प्रकाशित

जनकपुर ९ जेष्ठ
मंगलबार मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । जसपा नेतृत्वको मधेस सरकारमा नेपाली कांग्रेसबाट दुई जना मन्त्री र नेकपा एसबाट एक जना मन्त्रीले सपथ लिएका छन ।
जसअनुसार कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले भौतिक पूर्वाधार विकास मन्त्री र कांग्रेसकै वीरेन्द्र सिंहले स्वास्थ्य मन्त्रीको रूपमा सपथ लिएका हुन ।

मुख्यमन्त्री यादवले सत्ताधारी दलसँग गरेको छुट्टाछुट्टै छलफल अनुसार नेकपा (एकीकृत समाजवादी ) ले कृषि मन्त्रालय पाएको छ । जनमतको भागमा रहेको कृषि मन्त्रालय खोसेर नेकपा (एकीकृत समाजवादी) लाई दिइएको हो । सो पार्टीबाट गोविन्द न्यौपाने मन्त्रीमा शपथ लिनुभएको छ ।
यस्तै जनमतबाट कृषि मन्त्री रहेका वसन्त कुशवाहालाई विना विभागीय मन्त्री बनाइएको छ । जनकपुर स्थीत मधेस भवनमा तीनै जना मन्त्रिलाइ प्रदेस प्रमुख हरिश.कर मिश्रले सपथ ग्रहण गराएका हुन । यसै चि मन्त्रि थपिएकै दिन माओबादी केन्द्रले सरकारबाट बाहिरीने निणर््ाय गरेको छ ।

 

९ जेष्ठ २०८०, मंगलवार १६:०४  मा प्रकाशित

Write your Comment