बाराको कोल्हबीमा रहेको स्वास्थ केन्द्रमा २४ घण्टा इमर्जेन्सी सेवा शुरु

११ जेष्ठ २०८०, बिहीबार ०९:२८ प्रकाशित

बाराको कोल्हबीमा प्राथमिक स्वास्थ केन्द्रले २४ औं घण्टा इमर्जेन्सी सेवा शुरु गरेकोछ । केन्द्रको कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले उद्घाटन गर्नुभएको हो । सेबामा२४ औं घण्टा इमर्जेन्सी,प्रसुती र ल्याब सेबा उपलब्ध हुने छ । सो अबसरमा बोल्दै प्रमुख चौधरिले नगरको स्वास्थ्य सेबा सुधारको लागि आफू लागिपरेको बताउनु भयो । कार्यक्रममा उप प्रमुख लक्ष्मी कुमारी चौधरी,प्रमुख प्रशासकिय अधिकृत राममणी अधिकारी,योजना अधिकृत भरत प्रसाद यादबलगायतको उपस्थिती रहेको थियो ।

११ जेष्ठ २०८०, बिहीबार ०९:२८  मा प्रकाशित

Write your Comment