एमाले नेत्री तथा जीतपुरसिमरा कार्यपालिका सदस्य चौधरीको निधन

१२ जेष्ठ २०८०, शुक्रबार १७:०३ प्रकाशित

नेकपा एमालेकी नेत्री तथा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्य रामपती देवी थरुनीको शुक्रवार निधन भएको छ । पेटमा अचानक समस्या भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा करिब ५५ वर्षीया चौधरीको निधन भएको हो ।

जीतपुरसिमरा १४ स्थित रजघट्टाबाट अल्पाइन अस्पताल ल्याउने क्रममा बाटोमा उनको निधन भएको वडाध्यक्ष चयन मगरले जानकारी दिईन् । अस्पताल ल्याएलगत्तै चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए ।

वडा क्षेत्रभित्र निर्माण हुन लागेको ढलान सडक शिलान्यास कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनि अस्वस्थ हुन पुगेकी थिईन् । अचानक पेट पोल्न थालेपछि चौधरीले स्थानीय एक महिलाको घरमा पानी मागेर पिएको र आफूलाई अस्पताल लगिदिन आग्रह गरेको वडाध्यक्ष गुरुङले जानकारी दिईन् ।

चौधरीको आग्रहपछि स्थानीयले उनलाई नजिकैको क्लिनिकमा लगेका थिए । उक्त क्लिनिकबाट तत्कालै सिमरास्थित अस्पताल ल्याउने क्रममा चौधरीको निधन भएको वडाध्यक्ष गुरुङले बताईन् ।

केही दिनदेखि पेट दुखेको बताउदै आएकी चौधरीको निधनको कारण खुल्न सकेको छैन् । चिकित्सकले एपेडिक्सका कारण निधन भएको हुनसक्ने आशंका गरेका छन् ।

चौधरी बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचमा जीतपुरसिमरा १४ मा एमालेको तर्फबाट निर्वाचित वडा सदस्य हुन् । वडासदस्य चौधरीलाई एमालेले कार्यपालिका सदस्य बनाएको थियो । चौधरीको श्रीमान्, दुई छोरा र एक छोरी छन् ।

१२ जेष्ठ २०८०, शुक्रबार १७:०३  मा प्रकाशित

Write your Comment