सर्वपक्षीय भेलामा वडा नम्बर १६ का अध्यक्षले गरे एकबर्षे कार्यकालको समिक्षा

१४ जेष्ठ २०८०, आईतवार १६:५७ प्रकाशित

जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६का अध्यक्ष हरिदेव खरेलले सर्वपक्षीय भेलाको आयोजना गरि एकबर्षे कार्यकालको शमिक्षा गरेका छन् । सुक्रबार वडा कार्यालय परिषरमा वडाका जनता, पार्टी प्रतिनिधीहरु ,स्थानिय संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थीतमा खरेलले आगामी दिनकालागि सुझाव समेत माग्दै एकबर्षे शमिक्षा गरेका हुन् ।

२०७९ बैशाष ३० गते सम्पन्न स्थानिय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट भाग दिई विपक्षीलाई २ मतले पराजित गर्दै सोही बर्ष आजकै दिन कार्यभार सम्हालेका उनले सोही दिन पारेर सर्वपक्षिय भेला बोलाएर शमिक्षा गरेका हुन् ।

भेलामा खरेलले एकबर्षमा आफु र आफ्नो टिमले वडाको विकास र वडावासीको हितमा थुप्रै काम गरेको सुनाए । यस अवधिमा आफ्नो वडामा करिब ४ करोड २७ लाख रुपैंयाका योजनाहरु संचालन गरिएको छ । यो पैसाले बालगंगा र पसाह नदि नियन्त्रण, विद्यालय भौतिक शंरचना निर्माण, टांगिया बस्तीमा खाने बोरिङ्ग निर्माण तथा पाईपिङ्ग लगायतका काममा खर्च भैरहेको छ, उनले सुनाए ।

वडाले खानेपानि सुविधा पुगेका उपभोक्ताले खपत गर्ने २ हजार ५ सय लिटर सम्म पानीको महशुल तिरिदिँदै आएको छ । वडा भित्रका विद्यालयहरुका शैक्षिक सुधारका लागि निरन्तर निगरानी र समन्वय गरिरहेका छौं । स्थानिय मठ ,मन्दिर र पर्यटन स्थलको संभावना बोकेका मौवादेवी, जलेस्वर मन्दिर, सिद्श्वर मन्दिर पशुपति मन्दिर लगायतको शंरक्षण र विकासका लागि काम गर्ने योजना अघिबढेको छ, वडा अध्यक्ष खरेलले जानकारी गराए ।

टाँगिया वस्तीमा विद्युतको बाँकी कार्य खानेपानी, स्वास्थ्य, वडा सेवाकेन्द्र ब्यवस्थापनसँगै दुग्ध चिस्यान केन्द्र स्थापना, नेपाल टेलीकमसँगको समन्वयमा टेलीफोन टावर निर्माण लगायतको प्रक्रृया अघि बढेको उनले सुनाए ।

नेपाली काँग्रेसका वडा प्रतिनिधि श्याम तुम्सीङ्गले एकबर्षे अवधिमामा खासै गुनासो नरहेको बताए । उनले यो एकबर्षको हामीसँग कुनै गुनासो छैन । यद्यपी वडाले संचालन गर्ने सबैखाले कार्यक्रममा काखा पाखा नहोस् भन्ने चाहन्छौं ,उनले भने ।

कार्यक्रममा सहभागिहरुलाई गुनासा सुझाव केही छन् भने पालैपालो राखिदिन कार्यक्रमका संचालकले अनुरोध गरिरहेका थिए । उद्यपी कसैले गुनासो गरेको पाईएन ।
सशस्त्र प्रहरी वल ४० नं. हेडक्वार पिलुवाका शसस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डुमरवाना कलेज तथा जनहित उपभोक्ता सहकारी संस्था लिमिटेडका अध्यक्ष अनिल कुमार मैनाली, पत्रकार गणेशराज रिजाल,जितपुरसिमरा उपमहानगरपालिका कार्यपालिका सदस्य पवित्रामाया कार्की, महेन्द्रनगर पिलुवा खानेपानी उपभोक्ता समितिका अध्यक्ष पुष्पराज थापा , पिलुवा पिस पार्कका शंरक्षक गुणराज लामिछाने लगायतकाले बोल्नु भएको कार्यक्रम स्थानिय रविन्द्रराज भण्डारीको संचालनमा सम्पन्न भएको हो ।

१४ जेष्ठ २०८०, आईतवार १६:५७  मा प्रकाशित

Write your Comment