खुल्ला प्रतिस्पर्धाबाट प्रअ छनोट गर्न प्रोत्साहित गरिने अर्थमन्त्रीको घोषणा

१५ जेष्ठ २०८०, सोमबार १८:०६ प्रकाशित

सरकारले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने भएको छ । संघीय संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने बताएका हुन् । साथै सरकारले अध्यापन अनुमतिपत्रको लागि शिक्षा संकायको अनिवार्यता खारेज गर्दै कानुन निर्माण गर्ने भएको छ।

१५ जेष्ठ २०८०, सोमबार १८:०६  मा प्रकाशित

Write your Comment