पुर्व-पश्चिम राजमार्गको पथलैया हेटौडा सडक खण्डमा खाल्डा खुल्डिका कारण जोखिम बडदो

१७ जेष्ठ २०८०, बुधबार ११:२० प्रकाशित

पूर्व पश्चिम राजमार्गको पथलैया हेटौडा सडक खण्डअन्तर्गत आधाभार, अमलेखगञ्ज र चुरे क्षेत्रको सडक पुनः खाल्टाखुल्टी भएका कारण सवारी साधनहरूको आवतजावतमा कठिनाई उत्पन्न भएको छ । अधाभार देखि उत्तर सडक कतिपय स्थानमा भासिएर अल्को र होचो हुँदा मोटरसाइकल लगायत साना गाडीहरूको आवतजावतमा कठिनाइ हुन पुगेको हो । ठूला सवारी साधनहरुले ओभरटेक गर्ने र पेलेर जाने भएका कारण दुर्घटना हुने गरेको जितपुरसिमरा उपमहानगरपालिका वडा नं २१ का अध्यक्ष सुवास श्रेष्ठले बताउनुभयो । सडक बिग्रेको छ ठूला गाडीहरु स्पिडमा आउछ्न,गाडी नियन्त्रण हुदैन त्यसमा पनि मोटरसाइकिल नियन्त्रण गर्न गाह्रो भएर दुर्घटना हुने गरेको श्रेष्ठले बताउनुभयो । सधै जसो मोटरसाइकल लगायतका साधन दुर्घटना हुने गरेको अमलेखगन्जका गोपाल घलानको भनाइ छ ।
यसैबिच एमाले नेता तथा जितपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले सडक डिभिजन कार्यालय हेटौडा सि.डि.इ. राजेश कुमार यादवलाई सम्पर्क गरी सडक बिग्रेका कारणले यात्रुलाई सास्ती भएको भन्दै तत्काल सडक मर्मत गर्न आग्रह गर्नुभयो । डिभिजन प्रमुख इन्जिनियर यादवले निकुञ्ज क्षेत्रभित्र धेरै भार बोकेका गाडीहरु बिस्तारै हिड्दा सडकको पिच भासिने गरेको बताउनु भयो । सडकको क्षमता भन्दा बडि भार बोकेका गाडिहरु बिस्तारै गुडदा सडक भासिएको उहाको भनाइ छ ।निकुन्जले आफनो क्षेत्र भित्र सवारी साधनको गति सिमित गरेको छ ।
श्रोतको ब्याबस्थापन गरेर अब तत्काल सडक मर्मत गराउने डिभिजन प्रमुख यादबको भनाइ छ । मर्मत गर्दापनी सधै जसो सडक भासिने गरेकोले यस्को कारणले पत्ता लगाउनको लागि सिनियर इन्जिनियर पदम शाहिलाई विशेष जिम्मा दिएको र प्रतिबेदन आएपछी थप काम अगाडि बढाइने यादबको भनाइ छ ।

१७ जेष्ठ २०८०, बुधबार ११:२०  मा प्रकाशित

Write your Comment