एमालेले दियो ६ सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी

१९ जेष्ठ २०८०, शुक्रबार २१:१६ प्रकाशित

काठमाडौं १९ जेष्ठ :
नेकपा एमालेले केन्द्रीय नेताहरुको जिम्मेवारी व्यापक हेरेफेर गर्दै उपाध्यक्षहरुलाई विभागीय प्रमुख र सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले बागमती प्रदेशबाहेक अन्य ६ प्रदेशको इन्चार्ज तोकेको हो ।

बैठकले कोशी प्रदेशमा रघुबीर महासेठ, मधेशमा योगेश भट्टराई, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदूरपश्चिममा छविलाल विश्वकर्मालाई इन्चार्ज तोकेको हो ।

बागमतीमा भने केन्द्रीय कार्यालयले हेर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । प्रदेश इन्चार्ज तोक्दा सोही भूगोलभन्दा बाहिरका नेताहरुलाई पठाइएको छ ।

१९ जेष्ठ २०८०, शुक्रबार २१:१६  मा प्रकाशित

Write your Comment