बाराको अमलेखगन्जमा मेसिनरी वाल, सडक ढलान र ग्याबिङको शिलान्यास

२४ जेष्ठ २०८०, बुधबार १६:३५ प्रकाशित

बारा २४ जेष्ठ :
बारा क्षेत्र ४(१) मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरीको निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गतको जितपुरसिमरा उपमहानगरपालिका वडा न.२२ को ड्राइभर डाडामा मेसिनरी वाल र सडक ढलानको सिल्यान्यास भएको छ । सडकको शिलान्यास प्रदेशसभाका सदस्य देवनारायण चौधरिले गर्नुभएको छ । कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रदेश सभा मन्जु थापा मगर ,प्रदेश कमिटी सद्स्य मनोज पौडल ,वडा अध्यक्ष शेखर रुम्बा,रबिन्द्र खकुरेल, दीपेन्द्र लामा लगायत स्थानिय बासिन्दाको उपस्थित रहेको थियो । सो आयोजनाका लागि योजना निर्माणका लागि क्षेत्र विकास कार्यक्रमबाट ८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसैगरी प्रदेश सभा सदस्य देवनारायण चौधरी कै क्षेत्र ४(१) बिकास कार्यक्रम अन्तर्गतको वडा न.२१ अमलेखगञ्ज खानेपानी पाईपलाई संरक्षण गर्न ग्याबिङको सिल्यान्यास गरिएको छ ।सो ग्याबिङको चौधरिले सिलन्यास गर्नुभएको भएको हो । उक्त कार्यक्रममा मन्जु थापा मगर ,मनोज पौडल ,वडा अध्यक्ष शेखर रुम्बा,गोपाल घलान,गिता घले ,रबिन्द्र खकुरेल, दीपेन्द्र लामा लगायत स्थानिय बासिन्दाको उपस्थित रहेकोथियो ।सो आयोजनाका लागि योजना निर्माणका लागि क्षेत्र विकास कार्यक्रमबाट २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

२४ जेष्ठ २०८०, बुधबार १६:३५  मा प्रकाशित

Write your Comment