अशोक स्टिलमा सिलिन्डर पड्किदा कामदारको मृत्यु, एक हप्ता सम्म घट्ना गुपचुप

२८ जेष्ठ २०८०, आईतवार १६:४८ प्रकाशित

अशोक स्टिलमा भट्टीको ग्यास सिलिन्डर पड्किदा एक जना कामदारको मृत्यु भएको छ । पथलैया विरगञ्ज सडक खण्डको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको अशोक स्टिलमा सिलिन्डर पड्किदा एक जनाको ज्यान गएको हो ।

अशोक स्टिलमा भट्टीको ग्यास सिलिन्डर पड्किदा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० का जितेन्द्र चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले बताएको छ । घट्नाको एक हप्ता बितिसक्दा पनि उद्योगले घट्ना सार्वजनिक नगरेको कारण स्थानियहरु उद्योग माथी प्रश्न उठाउदै आसंकाको दृष्टीकोणले हेर्न थालेका छन् ।

जेष्ठ १९ गते रातीको करिव २ः३० को समयमा कामदारहरु काम गरिरहेको बेला अचानक भट्टीको ग्यास सिलिन्डर पड्किएको थियो । भट्टीको ग्यास सिलिन्डर पड्किएर जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० का जितेन्द्र चौधरी गम्भिर घाईते भएका थिए ।
गम्भिर घाईतेभएका चौधरीलाई उपचारको लागि सिमरा स्थित अलपाईन अस्पतालमा लगिएको थियो तर त्याहा उपचार सम्बभ नभएको हुदा थप उपचारको लागि उनलाई काठमाण्डौको कान्तिपुर अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा जेष्ठ २७ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घट्नाको थप अनुसन्धानका लागि प्रहरीले अशोक स्टिलका केही कर्मचारिलाई नियन्त्रणमा लिएको छ ।

२८ जेष्ठ २०८०, आईतवार १६:४८  मा प्रकाशित

Write your Comment