पर्साको ठोरीमा मानव निर्मित बिशाल ताल सहित चिल्ड्रेन पार्कको शिलन्यास

२८ जेष्ठ २०८०, आईतवार २२:२४ प्रकाशित

ठोरी २८जेठ :
ठोरी गाउँपालीकाको मालीबस्ती स्थित ओरीया खोला नजिकै मानव निर्मित बिशाल ताल सहित चिल्ड्रेन फनपार्क निर्माण हुने भएको छ ।
सो फन पार्क लगाएका संरचनाको आज ठोरी गाउँपालीका अध्यक्ष लालबहादुर श्रेष्ठ र सक्सेस ग्रुपका अध्यक्ष खगेन्द्र शिवाकोटीले विधि पुर्वक पुजा गरि शिलान्यास गर्नु भएको छ। सो अबसरमा बोल्दै अध्यक्ष श्रेष्ठले पालिकालाइ पर्यटनको माध्यम बाट अगाडि बडाउन आफुलागेको बताउनु भयो ।
मालीबस्तीमा रहेको माध्यमिक बिधालय बिजयबस्तीको जग्गा र मालीबस्तीका केही स्थानीय बासीको जग्गा पच्चीस बर्षको लागि भाडामा लिएर काम सुरु गर्न लागेको सक्सेस ग्रुप अर्गानिक फर्म प्रालि काठमाडौँ का अध्यक्ष खगेन्द्र शिवाकोटीले बताउनु भयो।

मानव निर्मित विशाल ठोरी बाघमोर्चा नाम दिइएको ताल निर्माण गरि स्तरीय बोर्टको व्यवस्था,होम स्टे सहित विभिन्न संरचना निर्माण गरी ठोरीमा आन्तरिक तथा बाह्य पर्यटक लाई प्रवद्वन गर्ने उद्देश्यले जग्गा लिई काम अगाडि बनाउन लागिएको ग्रुप दामी छ ।
शिलान्यास कार्यक्रममा माबि बिजयबस्ती बिधालयका अध्यक्ष मनोज श्रेष्ठ, सक्सेस ग्रुपका प्रतिनिधि,प्राबिधिक टोली,स्थानीय समाजसेवी राम बहादुर श्रेष्ठ,स्थानीयबासी विभिन्न राजनीतिक दलका प्रतिनिधि लगाएको उपस्थिति रहेको थियो ।

२८ जेष्ठ २०८०, आईतवार २२:२४  मा प्रकाशित

Write your Comment