क्रिकेट अपडेटःनेपालले भारतलाई दियो २३१रनको चुनौति

१८ भाद्र २०८०, सोमबार २०:०३ प्रकाशित

नेपालले भारतविरुद्ध २३० रनको सम्मानजनक स्कोर खडा गरेको छ । सोमपाल कामी र सन्दीप लामिछाने क्रिजमा छँदासम्म नेपाल २५० रनतर्फ उन्मुख देखिएको थियो । तर, सोमपाल ४८ रनमा आउट भएपछि नेपालको गति रोकियो । सन्दीप लामिछाने रनआउट भए । ४८.२ ओभरमा ललितसिंह राजवंशीलाई मोहम्मद सिराजले बोल्ड गरे । अब नेपालका बलिङ गर्नेछ ।

१८ भाद्र २०८०, सोमबार २०:०३  मा प्रकाशित

Write your Comment