वीरगञ्जस्थित बाल सुधारगृहमा मध्यरातमा झडपमा एक दर्जन जति घाइते

२६ भाद्र २०८०, मंगलवार २३:४४ प्रकाशित

वीरगञ्जस्थित बाल सुधारगृहमा मध्यराति भएको झडपमा घाइतेहरुको प्रहरीले उद्धार गरेको छ । गृहमा रहेका बालबालिकाहरू बीच विवाद हुँदा भएको झडपका क्रममा झण्डै एक दर्जन जति घाइते भएका छन् । उद्धार गरिएकाहरूलाई उपचारका लागि नारायणी अस्पताल लगिएको छ ।

भित्र रेहका बालबालिकाहरूसँग वार्ता गरेर समाधान निकाल्न प्रहरीले प्रयास गरिरहेको छ । वार्ताका लागि उनीहरूले प्रहरीलाई पछाडि पठाएर सञ्चारकर्मीहरूको टोली पठाउन माग गरेका छन् ।

पर्सा प्रहरीका प्रमुख एसपी कोमल शाहको नेतृत्वमा बाक्लो मात्रामा प्रहरी परिचालित गरिएको छ । भित्रबाट ढुंगामुढा भने अहिले पनि जारी छ ।घटनाको थप विवरण आउन बाँकि छ ।

२६ भाद्र २०८०, मंगलवार २३:४४  मा प्रकाशित

Write your Comment