शिक्षा विधेयकको बिरोधमा देशभरका विद्यालय बन्द गर्ने शिक्षक महासंघको घोषणा

२९ भाद्र २०८०, शुक्रबार १६:०१ प्रकाशित

काठमाडौं २९ भाद्र :
नेपाल शिक्षक महासंघले सदनमा दर्ता भएको शिक्षासम्बन्धी विधेयकप्रति आपत्ति जनाउदै आन्दोलनको घोषणा गरेको छ ।

महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संसदमा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ शिक्षकहरूको हकहितविपरीत भएको भन्दै सडक आन्दोलनको घोषणा गरेको हो ।

महासंघले आगामी असोज ३ गतेबाट देशभरीका विद्यालय बन्द गरी काठमाडौं केन्द्रीत आन्दोलन गर्ने जनाएको छ । विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरुको आन्तरिक प्रबन्धगरी स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरुको सबालमा ध्यान दिन नसकेको महासंघको आरोप छ ।

२९ भाद्र २०८०, शुक्रबार १६:०१  मा प्रकाशित

Write your Comment