विभिन्न पार्टी परित्याग गरी रौतहटमा सयौ जनाभन्दा बढी एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले फतुवा बिजयपुरद्वारा चाडपर्बको अबसरमा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रबेस कार्यक्रममा माओबादी केन्द्रका शिबपुजन राय यादब,जसपा जिल्ला सदस्य प्रभात कुशवाहा,उपेन्द्र राय यादब,जसपा किशान सघका केन्द्रीय सदस्य धर्मेन्द्र राय यादब,भागवत चौधरि,नेकपा एस जिल्ला सदस्य बिरेन्द्र राय यादबसहित सयौ एमालेमा प्रबेस गर्नु भएको छ । नव प्रबेशिहरुलाइ एमाले सचिब तथा मधेश प्रदेस इन्चार्ज योगेश भट्टराई, पार्टिका पोलिटब्युरो सदस्यहरु पुरुषोत्तम पौडेल,अच्युत मैनाली केन्द्रीय केन्द्रीय सदस्यहरु अरबिन्द सिह,उधब रेग्मी,प्रभु हजरा ,अजय गुप्ता,मधेस प्रदेश कमिटिका उपाध्यक्ष बिचारी यादव,सचिब मनोज पौडेल,उपसचिव आरती भन्डारि ,जिल्ला अध्यक्ष सचितानन्द साह,प्रदेस सदस्यहरु प्रेम शन्कर यादब,रामबाबु सिङले प्रदेस सभा सदस्य केशब चौधरीले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले जनताको विश्वास एमाले पर्ती बढ्दै गएको उल्लेख गर्दै ०८४ मा हुने निर्वाचनमा एमालेले बहुमत हासिल गर्ने दाबी गर्नुभयो । उहाँले गठबन्धन सरकारले देशमा महंगी र भ्रटाचार बढाएर जनताका अधिकारलाई कुण्ठित गरेको उल्लेख गर्दै अब यो सरकार धेरै दिन नटिक्ने दाबी गर्नुभयो ।