एमाले अध्यक्ष ओलि कार्तिक १८ बिरगन्ज आउने,एमाले प्रदेश सदस्यलाइ सपथ गराउने

२०८० कार्तिक ९, बिहिबार प्रकाशित

नेकपा एमाले प्रथम मधेस प्रदेश अधिवेशनबाट निर्वाचीत प्रदेश कमिटी सदस्यहरुको शपथ ग्रहण कार्यक्रम कार्तीक १८ गते बिरगञ्जमा हुने भएको छ । प्रदेश सदस्यहरुलाइ पुर्व प्रधानमन्त्रि तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउने कार्यक्रम रहेको एमाले मधेस प्रदेस कमिटिका सचिब मनोज पौडेल जानकारी दिनु भयो ।
कार्यक्रमको ब्याबस्थापन एमाले पर्सा जिल्लाले गर्नेछ । मधेस प्रदेश कार्यालयको दोश्रो बैठकले यस्तो निर्णय गरेको हो । आश्विन २४ देखि २७ गते सम्म चलेको प्रथम अधिबेशनले ५ जना पदाधिकारी सहित २३५ सद्सिय प्रदेश कमिटी सर्बसहमत चयन गरेको थियो ।
कार्यक्रममा प्रदेस कमिटी सदस्यहरु,प्रदेश लेखा आयोगका पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराइनेछ भने केन्द्रिय सदस्यहरु र केन्द्रिय निकायका सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।
कार्यक्रममा पर्सावाट पार्टीका जिल्ला कमिटी सदस्यहरु,पालीका कमिटी सदस्यहरु, जन संगठनका केसहरु, प्रदेस तथा जिल्ला कमिटी सदस्यहरु सहित सहभागी गराउने र बारा बाट पनी आवश्यकता अनुसार सहभागि गराउने निर्णय गरीएको सचिब पौडेलले बताउनु भयो ।
मधेस प्रदेश कमिटिका अध्यक्ष चन्देस्वर मण्डलको अध्यक्षतामा र पार्टीका पोलीटब्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यता सम्पन्न बैठकको सहजिकरण सचिब मनोज पौडेल र स्वागत उपाध्यक्ष बिचारी यादबले गर्नु भएको थियो भने बैठकमा केन्द्रिय सदस्यहरु प्रभु हजरा,अरबिन्द सिहं,राजकुमार गुप्ता तथा केन्द्रिय सल्लाहकार परीषद सदस्य बिजय सरावगी र पर्सा अध्यक्ष डा.बिश्वम्भर शर्माको उपस्थिती रहेको थियो ।

Write your Comment