जीतपुरसिमरा १४ मा ५५० जना भूमिहीन, सुकुम्बासी र अव्यवस्थितलाई निस्सा वितरण

२१ कार्तिक २०८०, मंगलवार २०:०० प्रकाशित

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा ५५० जनालाई जग्गाको निस्सा वितरण गरिएको छ । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरिएको हो ।
वषौ देखी भुमिहीन भएर बसोबास गर्दै आएका परिवारको पहिचान गरि जग्गाको निस्सा वितरण गरिएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष चयन गुरुङले बताउनु भयो । एक कार्यक्रमको आयोजना गरि ५५० जनालाई निस्सा वितरण गरिएको हो ।
वडा अध्यक्ष चयन गुरुङको अध्यक्षमा सम्पन्न निस्सा वितरण कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्रि र बारा क्षेत्र नम्बर ६ का सम्बिधान सभा सदस्य  पुरुषोत्तम पौडेल रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले नेकपा एमाले भूमिहिन किसान मजदुरको पक्षमा काम गर्ने पार्टी भएको बताउनुभयो । उहाँले सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित लाई व्यवस्थित गर्न सधै लाग्ने उहाँको भनाइ थियो । उहाले आफू २०७० सालमा सम्बिधान सभाको सदस्य रहदा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा दिन खोजेको र त्यस अबधिमा अदालतमा आयोग सम्बन्धी मुद्दा पर्दा काम गर्न नपाएको स्मरण गर्नु भयो ।
जग्गाको निस्सा वितरण गरिएको कार्यक्रममा निस्सा बितरण गरिएको परिवारलाई छिटै लालपुर्जा दिलाउन सम्बन्धित निकायमा पहल गर्ने वडा अध्यक्ष गुरुङले बताउनु भयो ।
जग्गाको निसा पाएका स्थानियहरुले खुसि व्यक्त गर्दै जमिनको लालपुर्जा पाउनबाट अब एक खुड्किलो मात्र बाकि रहेको बताउदै वडाका जनप्रतिनिहरुलाई धन्यबाद दिएका थिए ।
 कार्यक्रमामा मधेस प्रदेश प्रदेश सदस्य मंजु थापा, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल,एमाले प्रदेश सदस्य किशोर शर्मा,बाराका सचिब अध्यानन्द पाण्डे,भूमी सम्बन्धि समस्या समाधान आयोग बाराका सदस्य मेहिलाल दास,झपेन्द्र बराल,वडा सदस्य यमनाथ ढकाल लगायतको उपस्थिति रहेको थियो ।
२१ कार्तिक २०८०, मंगलवार २०:००  मा प्रकाशित

Write your Comment