जितपुरसिमराको १६ नम्वर वडाले ५ जना विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा पढाउने

२२ कार्तिक २०८०, बुधबार १५:१३ प्रकाशित

जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ सखुवाघाटले आर्थिक अवस्था कमजोर भएका ५ जना विद्यार्थीलाई उच्च शिक्षा पढाउने भएको छ ।

वडा कार्यालयले मंगलबार एक सुचना जारी गर्दै आर्थीक अवस्थाको कारण उच्च शिक्षा अध्ययन गर्न असमर्थ भएका ५ जना विद्यार्थीहरुलाई वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ ।
वडा अध्यक्ष हरिदेव खरेलले जारी गर्नु भएको सुचनामा यसरी सम्पर्कमा आउने विद्यार्थीलाई डुमरवाना क्याम्पसको कुनै संकायमा भर्ना गरी निःशुल्क उच्च शिक्षा अध्ययन गराईने उल्लेख छ ।

यसरी निःशुल्क अध्यान गर्न चाहने कमजोर आर्थिक अवस्था भएका विद्यार्थीले सोझै क्याम्पसमा समेत सम्पर्क गर्न सक्ने सुचनामा उल्लेख छ ।         

२२ कार्तिक २०८०, बुधबार १५:१३  मा प्रकाशित

Write your Comment