राष्ट्रिय युवा संघ जीतपुरसिमराको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

२३ कार्तिक २०८०, बिहीबार १५:३९ प्रकाशित

 

२३ कार्तिक, सिमरा

राष्ट्रिय युवा संघ नेपाल जीतपुरसिमरा उपमहानगर कमिटिको आयोजनामा शुभ दिपावली तथा छठ पर्वको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम तथा तेस्रो बिस्तारीत बैठक सम्पन्न गरेको छ ।

सिमरा स्थित सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्राङगणमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि, नेकपा एमालेकी पोलिटब्युरो सदस्य, पुर्व मन्त्री तथा बारा क्षेत्र नम्बर ३ कि सासंद ज्वाला कुमारी साहले देश बिकास गर्ने पार्टि नेकपा एमाले मात्र भएको बताए । उहाँले नेकपा एमालेको सरकारले ल्याएका योजना र कामहरूलाई गाउगाउ सबै जनताका बिचमा पुर्याउन राष्ट्रिय युवा संघको भुमिका महत्वपूर्ण हुने बताए । उनले जाजरकोट भुकम्पका कारण मृत्यु भएका, घरबार बिहिन भएका र भुकम्पले पुर्याएको क्षतिप्रति दुख व्यक्त गर्दै उद्दार,राहत र पुनर्निर्माणका लागी सरकारको ध्यानाकर्षण समेत गराउ छ ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम मधेश प्रदेश सभा सदस्य मोहम्मद समिर, केन्द्रिय सदस्य सरस्वती चौधरी, मधेश प्रदेश कमिटि सचिब मनोज पौडेल, प्रदेश सदस्यहरू देवनारायण चौधरी,सुन्दर बिश्वकर्मा,ताराबहादुर कार्की, जिल्ला सचिवालय सदस्य कासिम हुसेन,नगर सचिब रत्न उप्रेति,  युवा संघकी केन्द्रीय सदस्य भावना आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रदेश सदस्य किशोर शर्मा, जिल्ला कमिटि उपसचिव अमृत बजगाँई, जिल्ला सचिवालय सदस्य अमृतलाल श्रेष्ठ, रमेश खरेल, सिमा ठकुरी, रूस्तम अन्सारी, युवा संघका केन्द्रीय सदस्य राम यादव, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १३ का वडा अध्यक्ष हेमनारायण चौधरी, १२ का श्यामबाबु खा, ७ का सुनिल गुप्ता,६ का कैमुदिन अन्सारी, नेकपा एमाले जितपुरसिमरा उपमहानगर वडा नं २ का अध्यक्ष रबिन्द्र खकुरेल, ३ का शुक्र श्रेष्ठ, ७ का अनिल गुप्ता, १५ का राजकुमार अर्याल, युवा नेता त्रिलोक बिक्रम शाह, युवा संघका प्रदेश सदस्य ईश्वर थपलिया, राजकुमार थापा लगायतको उपस्थिति रहेको थियो ।

युवा संघ नगरकमिटि अध्यक्ष मोहम्मद आरिफ हुसेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सचिव आयुब खान तथा संचालन श्रीराम रेग्मीको रहेको थियो ।

२३ कार्तिक २०८०, बिहीबार १५:३९  मा प्रकाशित

Write your Comment