नेपाल खेलकुद महासंघ जीतपुरसिमराको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न 

२५ कार्तिक २०८०, शनिबार १९:१० प्रकाशित

सिमरा २५ कार्तिक :

नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ जीतपुरसिमरा उपमहानगरपालिका कमिटिको आयोजनामा शनिबार दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

बाराको सिमरामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि एवम नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री पुरुषोत्तम पौडेलले नेपालीहरूले मनाउने चाडपर्वको महत्व बिषेश रहेको बताए । उनले नेपालमा मनाउने चाडपर्वहरूको आफ्नै बैज्ञानिक कारण रहेको र तिनको महत्व धेरै नै रहेको बताए । उनले देशमा देखिएको आर्थिक संकटलाई मध्यनजर गरेर चाडपर्वलाई मितव्ययी हिसाबले मनाउन समेत सबैलाई आग्रह गरेका छन् । अहिलेको बर्तमान सरकारको कार्यशैली हेर्दा भस्मासुर प्रवृति रहेको भन्दै उनले नेकपा एमालेको सरकारको बिकल्प नभएको समेत बताए ।

कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश सचिव मनोज पौडेल, प्रदेश सदस्यहरू देवनारायण चौधरी, सुन्दर बिश्वकर्मा,किशोर शर्मा,चयन गुरुङ,ताराबहादुर कार्कि, जीतपुरसिमरा उपमहानगर कमिटि अध्यक्ष भोला प्रसाद अधिकारी, युवा संघ नगरकमिटि अध्यक्ष मोहम्मद आरिफ हुसेन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश लेखा आयोग सदस्य बिशाल प्रसाद घिमिरे, जिल्ला कमिटी सचिवालय सदस्य अमृतलाल श्रेष्ठ,जिल्ला सदस्य सिमा ठकुरी,होमनाथ पण्डित,डिपि गौतम, जिल्ला सल्लाहकार सदस्य ताराबहादुर बस्नेत, जिल्ला लेखा सदस्य मनहरी अधिकारी, नगरकमिटि उपाध्यक्ष त्रिलोक बिक्रम ठकुरी, नगरकमिटि सदस्य शुसिला आचार्य, वडा नं ३ कमिटि अध्यक्ष शुक्र श्रेष्ठ, वडा नं १२ कमिटि अध्यक्ष मनोज राय, वडा नं १५ का राजकुमार अर्याल, जितपुरसिमरा उपमहानगरपालिका वडा नं २ का निर्वाचित वडा अध्यक्ष धन बहादुर श्रेष्ठ, १२ का श्याम बाबु खा, १३ का हेम नारायण चौधरी, नेपाल खेलकुद महासंघ जिल्ला सदस्य गणेशराज थपलिया लगायतको उपस्थिति रहेको थियो ।

नेपाल खेलकुद महासंघ जीतपुरसिमरा उपमहानगर कमिटी अध्यक्ष सोमलाल बम्जमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य रबिन्द्र खकुरेल तथा संचालन श्रीराम रेग्मीको रहेको थियो ।

२५ कार्तिक २०८०, शनिबार १९:१०  मा प्रकाशित

Write your Comment