निर्माण व्यवसायी संघ जीतपुरसिमराको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा ठाकुर निर्वाचित

२५ कार्तिक २०८०, शनिबार २१:४८ प्रकाशित

२५ कार्तिक, सिमरा

निर्माण व्यवसायी संघ जीतपुरसिमराको प्रथम अधिवेशन शनिबार सिमरामा सम्पन्न भएको छ । अधिवेशनबाट दीपककुमार ठाकुर सर्वसम्मत् अध्यक्षमा निर्वाचित भएका छन् ।

सिमरास्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सभाहलमा सम्पन्न अधिवेशनले ठाकुरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । समितिको उपाध्यक्षमा नारायणप्रसाद घिमिरे, सचिवमा राजेन्द्र गौतम, कोषाध्यक्षमा रामकुमार अर्याल, सहसचिवमा अर्जुन लामिछाने चयन भएका छन् । यस्तै समितिको सदस्यमा बिनयकुमार साह कानु, कुन्दन चौधरी, नवीन अधिकारी, सकिल हुसेन, बलराम क्षेत्री, निराजन खरेल रहेका छन् ।

अधिवेशनले तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । कासिम हुसेनको संयोजकत्वमा चयन गरिएको सल्लाहकार समितिको सदस्यमा किशोर त्रीपाठी र ज्ञानेन्द्रकुमार ढकाल रहेका छन् ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले निर्माण व्यवसायी संघले व्यवसायी हकहितका लागी अझ सक्रिय भएर लाग्न आवश्यक रहेको बताए । नगर प्रमुख पौडेलले निर्माण व्यवसायीलाई गुणस्तरीय काम गर्न र आफूले लिएका काम समयमै सम्पन्न गर्न समेत आग्रह गरे ।

कार्यक्रममा जीतपुरसिमराका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, बारा निर्माण व्यवसायी संघका प्रतिनिधि सतिश जैसवाललगायतको उपस्थिति रहेको थियो ।

२५ कार्तिक २०८०, शनिबार २१:४८  मा प्रकाशित

Write your Comment