स्व .खिलकुमारी खनालको श्रदान्जली सभा सम्पन्न

२८ कार्तिक २०८०, मंगलवार २०:४६ प्रकाशित

नेकपा एमाले नेता कृष्ण खनालको ममतामयी माता स्व .खिलकुमारी खनालको १३ औ दिनको पुण्य तिथिमा आज जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ को बजनिमा श्रद्धांजलि सभा सम्पन्न भएको छ । उपमहानगर कमिटिको आयोजनामा नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा पोलिटब्यूरो सदस्य एवं बारा क्षेत्र न १ का सान्सद अच्युत मैनाली ,एमाले केन्द्रीय सदस्यहरु बलबिर चौधरी ,एकवाल मियाँ,एमाले मधेस प्रदेश सचिब मनोज पौडेल प्रदेस कमिटी सदस्यहरु देवनारायण चौधरी ,सुन्दर बिश्वकर्मा,चैन गुरुङ ,ताराबहादुर कार्की ,ढुन्डिराज उप्रेती ,निजगढ नगरप्रमुख सुरथ पुरि, नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य निरु रायमाझी र नगर सभापति छबिलाल शर्मा लगायतले शोक मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम नगरअध्यक्ष भोलाप्रसाद अधिकारीको अध्यक्षता र रत्न उप्रेती सहजिकरणमा भएको हो ।

२८ कार्तिक २०८०, मंगलवार २०:४६  मा प्रकाशित

Write your Comment