उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै यस वर्षको छठ पर्व सम्पन्न भएको छ । श्रद्धापूर्वक मनाइने छठ पर्व सोमबार बिहानको उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै सम्पन्न भएको हो ।
छठको तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यलाई पूजा सामाग्रीसहित अर्घ्य दिएका ब्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर घर फर्किने ब्रतालु सूर्य उदाउनु भन्दा अगाडीनै छठघाट पुग्ने गर्दछन् ।
पारिवारिक सुख, शान्ति, समृद्धि तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने कामनासहित सूर्यको उपासना गर्दै छठ पर्व मनाइन्छ । छठ पर्वका अवसरमा बाराका विभिन्न पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लागेको थियो ।
तराई मधेसमा मनाउने गरिएको छठ पर्व पछिल्लो समय देशभर श्रद्धापूर्वक मनाउन थालिएको छ । छठपर्वको पहिलो दिन नहाए खाए, दोस्रो दिन खरना पूजा, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै छठ पर्व सम्पन्न हुन्छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)