एमाले अध्यक्ष ओलीले झन्डोत्तोलन गरे सगै सुरुभयो” झुलाघाट-चिवाभञ्ज्याङ पदयात्रा”

१४ मंसिर २०८०, बिहीबार १०:५७ प्रकाशित

नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान आजबाट सुरु भएको छ ।

पार्टीका अध्यक्ष तथा पुर्बप्रधानमन्त्री केपी शर्मा ओलीले झन्डोत्तोलन गरेर ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानको शुभारम्भ रहेका हुन् ।

बैतडीको झुलाघाटबाट अभियनको शुभारम्भ गर्दै अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएका थिए ।

सो अवसरमा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ थियो ।

सङ्कल्प यात्रा शुभारम्भपछि आजै बैतडी सदरकुकाम गोठलापानीमा आयोजना गर्न लागेको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीले जनाएको छ ।

आजै साँझ बैतडीको खोडपेमा बझाङका नेता कार्यकर्तासँग अध्यक्ष ओलीको भेटघाटको कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

१४ मंसिर २०८०, बिहीबार १०:५७  मा प्रकाशित

Write your Comment