वीरको निर्देशकमा पौडेललाई पुर्नवहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

३ पुष २०८०, मंगलवार १५:३४ प्रकाशित

सर्वोच्च अदालतले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका निर्देशक डा. सन्तोष पौडेलेलाई पुर्नवहाली गर्न अन्तरिम आदेश जारी गरेको छ।

मंगलबार सर्वोच्चले दुई वर्ष अवधिसम्म निर्देशकको कार्यभार समाल्ने गरी डा. पौडेलको पक्षमा अन्तरिम आदेश जारी गरेको हो।

डा. पौडेलले दुई साता अघि कारण विना मन्त्रालयमा हाजिर गर्न बोलाइएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा पौडेललाई मंसिर १५ देखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन पत्र पठाइएको थियो।

पत्र पाए पनि न्यायिक प्रक्रिया नभएको भन्दै उनी मन्त्रालयमा हाजिर हुन गएका थिएनन्। डा. पौडेललाई मन्त्रालयले राजनीतिक दल र जनसङ्गठनमा आबद्ध भएको पत्रहरू सहित मन्त्रालयमा हाजिर गर्न बोलाएकाे थियाे।

उनलाई पत्र पठाए लगत्तै वीर अस्पतालमा निमित्त निर्देशकको रुपमा श्रवण कुमार थापालाई जिम्मेवारी दिइएको थियो।

३ पुष २०८०, मंगलवार १५:३४  मा प्रकाशित

Write your Comment