मानव अधिकार एलायन्स बाराको जिल्ला भेला सम्पन्न/लोकतन्त्रमा मात्रै मानव अधिकारको संरक्षण हुन्छ-पुर्वमन्त्री पौडेल

२० माघ २०८०, शनिबार २१:०२ प्रकाशित

बारा २० माघ :
मानव अधिकार समाजिक न्याय मञ्च नेपाल ( मानव अधिकार एलाइन्स ) बाराको जिल्ला भेला सिमरामा सम्पन्न भएको छ । मानव अधिकारको प्रभावकारी कार्यान्वयनका बिषयमा छलफल गर्दै शनिवार सिमरामा आयोजीत जिल्ला स्तरिय भेला सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पुर्वमन्त्री पुरुषोत्तम पौडेलले मानव समाजमा भएका नराम्रा कार्य र कुसंस्कार अन्त्य गरी सुसंस्कृत समाज निर्माण गर्न एलाइन्सले अहम भूमिका खेल्ने बताउनु भयो । उहाले मानव अधिकारको कार्यान्वयन, संरक्षण र सम्बर्धन गर्न नेकपा एमाले तयार रहेको बताउदै लोकतन्त्र राजनितिक दल र मानवअधिकार कर्मीहरुको जननी भएको दाबी गर्नु भयो । लोकतन्त्रमा मात्रै मानव अधिकारको संरक्षण हुने स्पष्ट पार्नु भयो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै बिशिष्ठ अतिथी एमाले मधेश प्रदेश कमिटिका सचिव मनोज पौडेलले मानव अधिकार कुनै एक पार्टिको मात्रै मुद्दा नभएको स्पष्ट पार्दै मानव अधिकार एलाईन्सले उठान गर्ने सबै बिषयमा आफनो पार्टिको साथ र सहयोग रहने बताउनु भयो ।
त्यसैगरी कार्यक्रमका मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले समाजलाई परिवर्तनको दिशामा अगाडी बढाउने उद्वेश्यले विभिन्न संघ संस्थाहरुले काम गरी रहेको बताउनु भयो। संस्थाले समाज रुपान्तरणका विषयमा अहम भूमीका निर्बाह गर्दै आएको बताउदै उहाले मानव अधिकारका सवालमा प्रतिबद्ध रहेको बताउनु भयो।

त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले जातीय विभेद र लिङगका आधारमा गरिने सबै खाले बिभेदको अन्त्य गरी मानव अधिकारको संरक्षण गरीनु पर्ने बताउनु भयो।

कार्यक्रमका अध्यक्ष तथा मानव अधिकार एलाइन्स बाराका अध्यक्ष अनिल तिवारीले मानव अधिकार एलायन्सले मानव अधिकार र मानव अधिकार हननका हरेक घटना परिघटनासंग जानकार रहदै आएको बताउदै समाजमा हुने मानव अधिकार हननका घटनाहरु प्रति सचेत रहेको बताउनु भयो।

तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उषा सापकोटा र संञ्चालन मानव अधिकार एलायन्श बाराका सचिव श्रीराम साहले गर्नु भएको थियो ।उक्त जिल्ला भेलामा एलाइन्सका केन्द्रीय सदस्री कृष्ण लामा,पूर्व मधेश प्रदेश सभा सदस्यहरु सुन्दर बिश्वकर्मा,प्रदेश कमिटी सदस्य किशोर शर्मा,सीता गुरुङ ,वडा न १४ कि वडाध्यक्ष चयन गुरुङ लगाएतले बोल्नु भएको थियो।                 

२० माघ २०८०, शनिबार २१:०२  मा प्रकाशित

Write your Comment