एमाले महोत्तरिको अधिवेशन सम्पन्न गर्न अध्यक्ष मण्डल गठन/ प्रतिबेदन पारित

२३ माघ २०८०, मंगलवार ०५:१० प्रकाशित

नेकपा एमाले महोत्तरिको छैठौ जिल्ला अधिवेशन सञ्चालनका लागि अध्यक्ष मण्डल गररिएको छ ।
महोत्तरिको जिल्ला अधिबेशनको सोमबार एमालेका अध्यक्ष केपि शर्मा ओलिले जलेस्वरमा उद्घाटन गर्नु भएको थियो । अधिबेशनको बन्द सत्र तथा नया नेतृत्व चयनको लागि एमाले दोलखाले ९ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको एमाले महोत्तरीका संयोजक कालिचरण साहले बताउनु भयो । नेकपा एमाले महोत्तरीका जिल्ला इन्चार्ज जुलि महत्तोको अध्यक्षतामा नौ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको हो । अध्यक्ष मण्डलको सदस्यहरुमा एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डल, केन्द्रीय सदस्यहरु सरोजकुमार यादब,बुधनी महत्तो, प्रदेश कमिटीका उपाध्यक्ष बिचारी यादब, सचिव मनोज पौडेल,उपसचिबहरु महमद कैस,आरती भन्डारि,र जिल्ला अध्यक्ष कालिचरण साह रहनुभएको छ ।

अधिबेशनको लागि मनोज पौडेलको संयोजकत्वमा माईन्युट लेखन कमिटी गठन गरेको छ । त्यसैगरी निर्वाचन सम्पन्न गर्न टिकाध्वज खडकाको संयोजकत्वमा निर्वाचन कमिटी गठन गरेको छ ।
सोमबार अधिवेशनको बन्दसत्रमा साङठनिक तथा आर्थिक प्रतिबेदन पेश भइ पारित गरिएको र मङ्गलबार विहान १० बजेदेखि बन्द शत्रसुरु हुने अध्यक्षमण्डलका सदस्य एवम एमाले मधेस प्रदेश कमिटी सचिब मनोज पौडेलले जानकारी दिनु भयो ।

२३ माघ २०८०, मंगलवार ०५:१०  मा प्रकाशित

Write your Comment