एमाले अध्यक्ष केपी शर्मा ओली माघ २५ गते बिहिबार रौतहट आउने

२४ माघ २०८०, बुधबार १३:४५ प्रकाशित

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार रौतहट आउने हुनुभएको छ। नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्न माघ २५ गते बिहिबार पूर्व प्रधानमन्त्री ओली रौतहट आउन लाग्नुभएको हो। अधिवेशनको उद्घाटन गरुडामा रहेको खुल्ला मैदानमा हुनेछ । झण्डै ४५० प्रतिनिधि रहने दशौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने एमाले पोलिटब्युरो सदस्य तथा रौतहटका इन्चार्ज पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। बिहिबार अध्यक्ष कमरेडले उद्घाटन गर्ने कार्यक्रम छ, पौडेलले भन्नुभयो ।

२४ माघ २०८०, बुधबार १३:४५  मा प्रकाशित

Write your Comment