कांग्रेसले एमालेलाइ रोक्न आफ्नो इतिहास कोल्याप्स गर्यो : एमाले सचिब भट्टराई

८ फाल्गुन २०८०, मंगलवार १०:४९ प्रकाशित

नेकपा एमालेका सचिब योगेश भट्टराईले नेपाली कांग्रेसले एमालेलाइ रोक्न आफनो इतिहास कोल्याप्स गरिसकेको बताएका छन । सोमबार रौतहटको गरुडामा आयोजित नेकपा एमालेको १० औ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रमा सचिब भट्टराईले यस्तो बताएका हुन ।

कांग्रेसले आफनो सिधान्तलाइ तिलान्जली दिएर पार्टी नितिलाइ संकटमा राखेर नेकपा एमाले पार्टीलाइ रोक्न खोजेको सचिब भट्टराईले बताए । बिचार नमिल्ने माओबादी तथा मधेशबादी संग गठबन्धन गरेर कांग्रेसले आफनो अस्तीत्व सकेको सचिब भट्टराईको भनाइ थियो । चुनाब पछि सरकार बनाउन गठबन्धन गर्नु स्वभाबिक हो तर एमालेलाइ सक्नुपर्छ भनेर कसम खाएर सिधान्त नमिल्ने संग गठबन्धन गर्नु राम्रो नभएको उनले बताए ।

नेकपा एमाले पार्टी सबैको पार्टी भएको बताउदै सचिब भट्टराईले अब संगठनलाइ अझ बलियो बनाएर लाग्न कार्यकर्ताहरुलाइ आग्रह गरे ।

रौतहटको मौलापुर नगरपालिकाको मेयरप्रती इगित गदै सचिब भट्टराइले भने ‘एमालेबाट चुनाब जितेका जनप्रतिनिधिहरु अलग पार्टीमा क्रियाशिल छन, त्यो सर्वोच्च अदालतले देखेन,सर्बोच्चको आखा यहा सम्म पुगेको छैन ,राजनितिक दल सम्बन्धी ऐनमा कुनै पनि दलको चुनाब चिल्ह लिएर जितेका जनप्रतिनिधि अर्को दलमा जान्छ भने सो पद स्वत जान्छ’पार्टीलाइ कमजोर बनाउदा लोकतन्त्र बलियो नहुने उनको भनाइ थियो ।

चुनाबमा पार्टीलाइ प्रयोग गर्ने,पार्टीबाट सार्वजनिक पद धारण गर्ने अनि अर्को पार्टीमा सक्रिय हुनेको पद खारेज गर्नुपर्ने भट्टराईको भनाइ थियो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोत्तम पौडेलले अब रौतहटमा नेकपा एमाले पहिलो नम्बरको पार्टी बन्ने ठोकुवा गरे, उनले एमालेलाइ अब कसैले हराउन न सक्ने दाबी गरे । यस्तै नेकपा एमाले मधेस प्रदेश कमिटिका अध्यक्ष चन्देश्वर मण्डल, केन्द्रिय सदस्य उद्धब रेग्मी,अजय गुप्ता,अरबिन्द सिह,रेखा झा,प्रदेश उपाध्यक्ष बिचारी यादब,सचिब मनोज पौडेल,उपसचिव आरती भण्डारी,अन्सु सिहले पनि नव निर्वाचित जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुलाइ शुभकामना दिएका थिए । गत माघ २९ गते सम्पन्न जिल्ला अधिवेशनबाट अध्यक्षमा सचितानन्द साह,उपाध्यक्षमा रुपेश पटेल सचिबमा बाबुराम दाहाल,उपसचिबमा अवधेस कुमार यादब र मुना लामिछाने लगायत ११७ जना निर्वाचित भएको थियो ।

८ फाल्गुन २०८०, मंगलवार १०:४९  मा प्रकाशित

Write your Comment